Skip to content
Shikhar Insurance
National Life

जनतालाई सुशासन अनुभूति हुनेगरी सरकारले काम गर्नुपर्नेमा कोइरालाको जोड

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जनतालाई सुशासन अनुभूति हुनेगरी वर्तमान सरकारले काम गर्नुपर्ने बताएका छन् ।

जननायक विश्वेश्वरप्रसाद कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा आज बिपी कोइराला मेमोरियल अस्पतालले आयोजना गरेको स्मृतिसभामा उनले संसद्का दुई ठूला दल एकै ठाउँमा उभिएकाले वर्तमान सरकारलाई गल्ती गर्ने छुट नभएको बताएका हुन् । “जनताले सुशासनको महसुस गर्नेगरी वर्तमान सरकारले काम गर्नुपर्छ, वर्तमान गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकाले कांग्रेस र एमाले सचेत हुनुपर्छ”, डा कोइरालाले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आफ्नो पार्टी सरकारमा छ त्यसैले उनीहरुले गरेका सबै काम ठीक छन् भनेर कोही पनि चुप लागेर बस्न नहुनेमा उनले जोड दिए । नेता डा कोइरालाले वर्तमान परिप्रेक्ष्यमा बिपी कोइरालाको सिद्धान्तअनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिँड्न नसकेका धारणा राखे ।

GBIME

प्रतिक्रिया दिनुहोस्