Shikhar Insurance
National Life

जनताको बचत फिर्ता नगरेकोमा कृषि विकास सहकारी कालो सूचीमा

सिंहदरबार संवाददाता
२०८१ असार ६, बिहीबार १८:३२
Hyundai
NCELL
NIMB

भक्तपुर । मध्यपुर थिमि नगरको वडा नं. ३ स्थित गठ्ठाघरमा कार्यालय स्थापना गरी वित्तीय कारोबार गर्दै आएको कृषि विकास वचत तथा सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरिएको छ ।

स्थानीय सरकारबाट पहिलोपटक जनताको बचत फिर्ता नगरेको भन्दै सहकारीलाई समस्याग्रस्त घोषणा गरी कालो सूचीमा राखिएको हो । सहकारीका अध्यक्ष तथा संचालकहरुले सदस्यहरूको वचत रकम फिर्ता गर्न कुनै पहल नगरेपछि थिमि नगरपालिकाले ऐनमा भएको अधिकारलाई प्रयोग गरी सो सहकारीलाई कार्यपालिकाले समस्याग्रस्त घोषणा गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख तथा स्थानीय सरकारको न्यायिक समितिका संयोजक विजय कृष्ण श्रेष्ठका अनुसार मध्यपुर थिमि नगरपालिकाले स्थानिय सरकारको अधिकार क्षेत्रलाई प्रयोग गरि सहकारीको पूर्ण व्यवस्थापन गर्ने र अनुगमन गरी सहकारी संस्थालाई नियमन गर्नका लागि सहकारी ऐन जारी गरेको छ ।

सहकारीको, नियमन गर्न, अनुगमन समिति, व्यवस्थापन समिति, ऋण असुली न्यायधिकरण, स्थिरिकरण कोषको ब्यवस्था गर्ने, नगरस्तरीय सहकारी समन्वय समिति, कर्जा सूचना केन्द्रको ब्यवस्था गर्नुका साथै सहकारी ऐनमा सहकारीको विवाद सम्वन्धमा प्रारम्भिक सुनबाई न्यायिक समितिबाट हुने व्यवस्था गरेको उनले जानकारी दिए ।

नगर उपप्रमुख श्रेष्ठले व्यवस्थापन समितिमार्फत थप कार्यवाही अगाडि बढाउने र आमजनताको सहकारीमा रहेको वचत फिता गर्न आवश्यक कारवाही अधि बढाउने जनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्