Skip to content
Shikhar Insurance
National Life

जनताको आर्थिक उन्नति हाम्रो पहिलो लक्ष्य होः अध्यक्ष नेपाल

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट आन्दोलनको मूलधार नै भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद् नेपालको एकता घोषणा कार्यक्रममा अध्यक्ष नेपालले मुलुकमा कम्युनिष्ट पार्टीसंस्थागत गर्ने क्रममा आफूले विसं २०३२ मा कोर्डिनेशन केन्द्र, विसं २०३५ मा माले, विसं २०४७ मा एमाले र अहिले एकीकृत समाजवादी गठन गर्दासम्म संस्थापन भूमिका निर्वाह गरेको जानकारी दिए ।

उनले पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएपछि जनाधिकारका लागि लामो सङ्घर्षपूर्ण यात्रा भएको स्मरण गरे । मुलुकको राष्ट्रिय स्वाधीनतालाई माथि उठाउन तथा लोकतान्त्रिक मूल्य मान्यतालाई रक्षा गर्न आफूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको बताउँदै उनले जनताको समस्या उनीहरुले भोग्नुपरेको पिर मर्कालाई केन्द्रमा राखेर कार्य गर्न समाजवादी चिन्तनको खाँचो औँल्याए ।

पूर्वप्रधानमन्त्री नेपालले आफ्नो पार्टीको मूल लक्ष्य ‘जनतादेखि जनतासम्म’ भएको प्रष्ट पार्दै उनीहरुको जनजीविकालाई सहज बनाउने र आर्थिक उन्नतिलाई प्राथमिकतामा राखेर कार्य गर्ने विषय नै ‘जनतादेखि जनतासम्म’को योजना भएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्