Skip to content
Shikhar Insurance
National Life

जनउत्थान लघुवित्तद्वारा १५.७९ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी १४ करोड ७९ लाख ६ हजार रुपैयाँको १५.७८९५ प्रतिशतका रदले हुन आउने २ करोड ३३ लाख ५४ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो । जसमध्य १५ प्रतिशतको दरले हुन आउने २ करोड २१ लाख ८५ हजार रुपैयाँ बराबरको बोनस सेयर रहेको छ भने सोको कर प्रयोजनार्थका लागि ०.७८९५ प्रतिशतका दरले हुन आउने ११ लाख ६७ हजार रुपैयाँ बराबरकको नगद लाभांश रहेको छ ।

लघुवित्तको माघ २९ गते आइतबार बसेको संचालक  समितिको २००औं बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लघुवित्तको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्