Skip to content
Shikhar Insurance
National Life

जथाभावी विदेश पढ्न जान दिनुहुन्न, ५०% छात्रवृत्ति ल्याउनेलाई मात्रै अनुमति दिनुपर्छ-अर्थमन्त्री डा. महत

Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपाली विद्यार्थीहरुलाई जथाभावी विदेश पढ्न जान दिनु नहुने धारणा अघि सारेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. महतले कम्तीमा पनि ५० प्रतिशतसम्म छात्रवृद्धि ल्याउन सक्ने विद्यार्थीहरुलाई मात्रै विदेश पढ्न जाने अनुमति दिनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

‘अहिले त विदेश बढ्न जाने लहर नै चलेको छ, स्कुल पढ्दादेखि नै विदेश जानुपर्छ भन्ने मानसिकता विकास भैरहेको छ, अब प्लस टु सक्नेहरुलाई कम्तीमा पनि ५० प्रतिशत छात्रवृत्ति नल्याएसम्म विदेश पढ्न जान दिनुहुन्न’, अर्थमन्त्री डा. महतले भने ।

उनले नेपालबाट पढ्न भनेर विदेश गएका विद्यार्थीहरुको अवस्था राम्रो नरहेको र उनीहरुले विदेशमा चरम दुःख सहनु परिरहेकाे दाबी पनि गरे । ‘म भर्खरै एउटा कन्फेरेन्समा भाग लिन क्यानाडा गएर आएँ, त्यहाँ नेपाली विद्यार्थीहरुको अवस्था राम्रो देखिँन, उनीहरुले जोखिमपूर्ण काम गरिरहेका छन्, काम अनुसारको कमाई पनि गरेको देखिएन्’, डा. महतले भने ।

उनले विदेशमा पढ्न भनेर गएका अधिकांश नेपाली विद्यार्थीहरुले त्यहाँका राम्रा कलेज तथा युनिभर्सिटीहरुमा भर्ना नै नपाउने दावी समेत गरे । ‘विदेश पढ्न जानेहरु त्यहाँका राम्रा कलेज र युनिभर्सिटीमा गैरहेका छैनन्, त्यहाँका नाम नचलेका, कमजोर र गुणस्तरहिन संस्थाहरुमा भर्ना भैरहेका छन्’, डा. महतले भने ।

‘प्लस टु पास गर्नेहरुलाई विदेशका कलेज तथा युनिभर्सिटीहरुबाट कम्तिमा पनि ५० प्रतिशत छात्रवद्धि नपाई जान नदिने कि भन्नेबारे सोच्नुपर्छ, लहैलहैमा विदेश जाने अवस्था निर्माण भएको छ, त्यसलाई निरुत्साहित गर्नुपर्छ’, डा. महतले भने ।
विदेश पढ्न भनेर गएका नेपाली युवा विद्यार्थीहरुले राम्रो अध्ययन गर्न पनि नपाएको र राम्रो आम्दानी पनि नगर्न नसकेको दावी पनि उनले गरे । विद्यालय शिक्षादेखि नै विदेश जानुपर्छ भन्ने मानसिकता विकास भैरहेकाले त्यसलाई रोक्न अभियान नै चलाउनुपर्नेमा पनि उनले जोड दिए ।

उनले देशमा भविष्य नै छैन् भन्ने भाष्य निर्माण भैरहेकाले त्यसलाई चिर्न सबैले भूमिका खेल्नुपर्नेमा पनि जोड दिए । ‘म पनि विदेशमा पढेर, बसेर आएको मान्छे हुँ, अहिले देशकै सेवामा लागिरहेको छु, देशमा भविष्य छैन भन्ने भाष्य गलत हो’, डा. महतले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्