Skip to content
Shikhar Insurance
National Life

जडीबुटीलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने

Hyundai
NCELL
NIMB

गण्डकी । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले जडीबुटीलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका छन् ।

नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ गण्डकीको वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले गण्डकी प्रदेशमा जडीबुटीको अथाह सम्भावना भएकाले जडीबुटी प्रशोधन गर्ने उद्योगको स्थापना गरिनुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आयात गरिएको औषधि बिक्रीका लागि पसल मात्र खोल्ने नभई यस क्षेत्रका जडीबुटीको सदुपयोग गरी उद्योग सञ्चालन गरेमा त्यसले अर्थतन्त्रलाई बलियो बनाउने उनले बताए।

औषधिको मूल्य र गुणस्तरीय वस्तुको नियमनमा राज्यको ध्यान जाने बताउँदै मन्त्री बरालले मानव स्वास्थ्यमाथि कसैले खेलबाड गर्न नहुनेमा जोड दिए । सङ्घका केन्द्रीय अध्यक्ष जङ्गराज गिरीले व्यवसायीले सदस्यता नवीकरण गर्न अझै काठमाडौं धाउनुपर्ने अवस्थाका कारण एक हजारको कर तिर्न ३० हजार रुपैयाँसम्म खर्च हुने गरेको गुनासो गरे ।

सङ्घका निवर्तमान अध्यक्ष लोकेन्द्र चापागाईंले नेपालमा जडीबुटीमा धेरै सम्भावना भएको दाबी गर्दै यसको संरक्षण र उपयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याए।

GBIME

प्रतिक्रिया दिनुहोस्