Skip to content
Shikhar Insurance
National Life

छुट्ला है, मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका !

Hyundai
NCELL
NIMB

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको साधारण सेयर (आइपीओ) मा आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीले गत साउन ९ गतेदेखि साउन १२ गते (आज) सम्मको लागि ११ लाख ७६ हजार ७३ कित्ता आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । जसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता आइपीओका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता आइपीओ निष्काशन गरेको हो। निष्काशन गरिएको कुल आइपीओमध्ये २३ हजार ५२१ कित्ता कर्मचारीहरुका लागि र ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरको वेव साइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ। कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्