काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार १ सय रुपैयाँको आधारमा बोनस सेयर ८ प्रतिशत र नगद लाभांश ७ प्रतिशत (कर सहित) गरी कुल १५ प्रतिशत रहेको छ ।
साथै, उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्