Skip to content
Shikhar Insurance
National Life

छिमेक लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

Hyundai
NCELL
NIMB

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। लघुवित्तले चैत १० गते २१औँ वार्षिक साधारण सभा डाकेको हो ।

सभा मकवानपुरको हेटौँडास्थित होटल सामना प्रा.लि.को सभाहलमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ३.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साथै, साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि लघुवित्तले फागुन २५ गतेदेखि चैत १० गतेसम्म बुकक्लोज गर्ने भएको छ। सोहि अनुसार फागुन २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्