Skip to content
Shikhar Insurance
National Life

छिमेक लघुवित्तद्वारा लगानीकर्तालाई २५.२६ प्रतिशत लाभांश वितरण गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तको पुस २७ गते बुधबार बसेको संचालक समितिको बैठकले २५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँको २५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये कुल चुक्ता पूँजीको २२ प्रतिशतका दरले हुन आउने ५१ करोड १३ लाख २ हजार रुपैयाँ बराबरको बोनस सेयर सोको कर प्रयोजनका लागि ३.२६ प्रतिशतका दरले हुन आउने ७ करोड ५७ लाख ६५ हजार रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।

लघुवित्तको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्