Skip to content
Shikhar Insurance
National Life

चोभार भन्सारसम्म नयाँ गाडी गुडाएरै ल्याउन सकिने, अटोमोबाइल व्यावसायीको लागत घट्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयमा अब नयाँ गाडी गुडाएरै ल्याउन सकिने भएको छ । गाडी व्यावसायीहरुलाई लक्षित गरी अर्थ मन्त्रालयले नयाँ व्यवस्था गरेको हो ।

मन्त्रालयका अनुसार अब व्यावसायीहरुले नयाँ गाडी गुडाएरै चोभार भन्सारमा ल्याएर राख्न पाउनेछन् । यसका लागि गाडी कन्टेनरमा ल्याउनु नपर्ने उल्लेख छ । मन्त्रालयद्धारा प्रकाशित राजपत्रमा भनिएको छ, ‘गुडाएर लैजाने नयाँ सवारी साधन तथा चेसिसको हकमा स्तरीय सिपिङ्ग कन्टेनरबाट ढुवानी गर्न आवश्यक पर्ने छैन ।’ यसको अर्थ अब गाडी बिक्रेताहरुले गुडाएर नै चोभार भन्सार ल्याउन सक्नेछन् ।

अहिले व्यावसायीहरुले सिमावर्ति नाकाबाट गाडी गुडाउँदै काठमाडौं ल्याउने गरेका छन् ।  चोभार भन्सार र्याडमा गाडी ल्याएर राख्न पाउनु भनेको व्यावसायीले आफ्नै पार्किङमा ल्याएर गाडी राख्न पाउनु जस्तै हो ।

यो व्यवस्थाबाट गाडी व्यावसायीले लाभ उठाउन सक्नेछन् । गाडी धेरै राजस्व बुझाउनु पर्ने सामान हो । अब व्यावसायीले आफ्नो बिक्री अनुसार भन्सारबाट गाडी छुटाउन सक्नेछन् । यसले व्यावसायीले गाडी बिक्री हुनु भन्दा अगावै जाँचपास गराएर राख्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् । यसले व्यावसायीलाई ब्याज दायित्व कम पर्न आउँछ ।

चोभारबाट भन्सार जाँचपास गर्न नेपाल राष्ट्र बैङ्कले तोके बमोजिम बैंकिङ प्रणालीबाट भुक्तानी हुने गरी पैठारी भएको सामान हुनु पर्नेछ । चलान भएको स्थानबाट बन्दरगाह भन्सारसम्म नै सिपिङ कम्पनीहरुबाट सञ्चालित स्तरीय सिपिङ्ग कन्टेनर (Standard Shipping Container बाट कन्टेनर परिवर्तन नगरी ढुवानी भएको हुनु पर्ने पत्रमा उल्लेख छ ।

चोभार भन्सार कार्यालयबाट गाडी जाँचपास गर्न व्यापारीहरुले लामो समयदेखि लविङ गर्दै आएका थिए । व्यापारीको माग बमोजिम मन्त्रालयले नयाँ व्यवस्था गरेको हो । मन्त्रालयले भन्सार ऐन, २०६४ को दफा ८९ च. को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी खण्ड ७१ सङ्ख्या ५० मिति २०७८/१२/०३ को नेपाल राजपत्र भाग ५ मा प्रकाशित गरेको हो । प्रकाशित राजपत्रमा राजस्व सचिव डा. रामप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्