Skip to content
Shikhar Insurance
National Life

चेम्बरले बनायो सुनचाँदी, रत्न आभूषण, खानी तथा भूगर्भ समिति

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सुन चाँदी रत्न आभूषण खानी तथा भूगर्भ समिति गठन गरेको छ । चेम्बरले कार्यसमिति सदस्य रमेश महर्जनको सभापतित्वमा समिति बनाएको हो ।

बुधबार एक कार्यक्रममाझ चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले समितिका पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरे ।

समितिको उपसभापतिमा दियेश रत्न शाक्य र सुमन मान ताम्राकार छन् भने सदस्यहरुमा केशर सेन्चुरी, विशन शाक्य, विद्यासागर ताम्राकार, किशोर पाण्डे, सुर्यकुमार बराल, अर्जुन विश्वकर्मा मनोनित भएका छन् ।

नवगठीत समितका पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्दै चेम्बरका अध्यक्ष मल्लले सुन चाँदी रत्न आभूषण खानी तथा भूगर्भ क्षेत्रको प्रवद्र्धनको लागि तय गरिने नीति तथा पैरवीको लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास राखे ।

GBIME

प्रतिक्रिया दिनुहोस्