Skip to content
Shikhar Insurance
National Life

चुरे संरक्षणमा शान्ति समाजको जोड

Hyundai
NCELL
NIMB

काठमाडौं । मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्य समिति बैठकले चुरे संरक्षण गर्नुपर्नेमा जोड दिएको छ । यही असार १६ र १७ गते काठमाडौंमा सम्पन्न समाजको १५६औँ केन्द्रीय कार्यसमिति बैठकले ‘चुरे ध्वस्त पार्न पाइँदैनः मरुभूमिकरण गर्ने नीति चाहिँदैन’ भन्ने मूल नारासहित पर्सामा समाजको २६औँ राष्ट्रिय परिषद् बैठक राख्ने निर्णय गरेको महासचिव रेनुका पौडेलले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकअघि उक्त समाजका संस्थापक सभापति कृष्ण पहाडीले सङ्क्रमणकालीन न्याय प्रक्रिया र ठूला भ्रष्टाचारका घटनामा मुख्य दोषीलाई कारबाही नहुँदा नागरिकमा बढ्दो आक्रोशका साथै  सरकार, सदन एवं सडकमा भएका गतिविधिबारे चर्चा गरेका थिए। बैठक अघि सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय र जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति पार्कमा वृक्षरोपण गरिएकोे थियो ।

एक दर्जन निर्णय गर्दै सम्पन्न बैठकमा समाजका कार्यबाहक सभापति कृष्णबहादुर रावलले अभियानका सम्बन्धमा, महासचिव पौडेलले सङ्गठन र कोषाध्यक्ष किरण ढकालले अर्थ सम्बन्धमा प्रारुप पत्र प्रस्तुत गरेका थिए। बैठकले उक्त संस्थाको केन्द्रीय कार्यालयमा कार्यरत कार्यक्रम अधिकृत सरिता पौडेललाई उपनिर्देशकमा र जनकप्रसाद भण्डारीलाई कार्यक्रम सहायकमा पदोन्नति गर्ने निर्णय गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्