Skip to content
Shikhar Insurance
National Life

चुनावी सभामा चुच्चे नक्शाको चर्चा, भूमि फिर्ताको पहल गरिनेः देउवा

Hyundai
NCELL
NIMB

सुदूरपश्चिम ।‘चुच्चे नक्शाले चुनावी सभाका क्रममा देशका शीर्ष नेताको ध्यान खिचेको छ । आ–आफ्नो चुनावी प्रचारप्रसारका क्रममा दार्चुला आएका सत्ता गठबन्धन र एमालेको शीर्ष नेतृत्वले सभामा चुच्चे नक्शाको प्रसङ्ग जोडतोडले उठाए ।

सत्ता गठबन्धनको चुनावीसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक ढङ्गले भारतसँग वार्ता गरेर लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि फिर्ताको पहल गरिने बताए । सोही सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्शा एमाले अध्यक्ष केपी शर्मा ओलीले मात्र नभइ आफूसमेत पार्टी अध्यक्ष रहेको तत्कालीन नेकपाका बहुमत सदस्यको बलमा बनाइएको बताए । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले चुच्चे नक्शा सबै दलको सहमतिमा जारी भएको बताए ।

यस्तै एमाले अध्यक्ष ओलीले दार्चुलाबाट चुनावी प्रचारप्रसार सुरु गर्दै चुच्चे नक्शाको मुद्दा जोडतोडकासाथ उठाए । ओलीले नक्शा जारी गर्नमा आफ्नो स्वामित्व रहेको बताए । दार्चुला मात्र होइन अन्य जिल्लामा आयोजित चुनावी सभामा समेत चुच्चे नक्शाको चर्चा ठूला राजनीतिक दलका शीर्ष नेताले गर्दै आएका छन् ।

प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरामा एक हप्तासम्म सत्ता गठबन्धनको पक्षमा चुनावी माहोल बनाउन व्यस्त रहे । उनि प्रतिनिधिसभा सदस्यको निर्वाचनमा डडेलधुराबाट प्रत्यासी हुन् । उनले धनगढीमा समेत नेता कार्यकर्तासँगको भेटघाटलाई प्राथमिकता दिए ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले बैतडीको पाटनमा पनि चुनावी सभालाई सम्बोधन गरे । यस्तै एमाले अध्यक्ष ओलीले यही कात्तिक १८ गते एकैदिन दार्चुला, बैतडी र कञ्चनपुरमा चुनावी सभालाई सम्बोधन गरे । उनले शनिबार डोटी र कैलालीका तीन ठाउँमा चुनावी सभालाई सम्बोधन गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्