Skip to content
Shikhar Insurance
National Life

निर्वाचनपछि खुलेको पहिलो सेयर कारोबारमा गिरावट, नेपाल बैंकको सेयर सर्वाधिक कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं ।निर्वाचन सकिएपछि खुलेको पहिलो कारोबारको दिन सेयर बजार सुस्त देखिएको छ । मंगलबार नेप्से परिसुचक घटेर बन्द भएको हो ।

निर्वाचनपछि बजार बढ्ने अनुमान गरिए पनि पहिलो कारोबारको दिन नै बजारले खासै गति लिन सकेन। यस दिन कारोबारको सुरुवातमा बजार केहि सकारात्मक देखिए पनि अन्त्यमा बजार घटेरै बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निर्वाचन सकिएलगतै खुलेको पहिलो कारोबारको दिन नेप्से परिसुचक ७.१३ अंकले घटेर १,९२९.७० को बिन्दुमा बन्द भएको छ ।

त्यसैगरि, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.४६ अंकले घटेर ३७९.६० को बिन्दुमा बन्द भएको हो ।

यसदिन २२८ कम्पनीको ३७ लाख ६३ हजार ८३६ कित्ता सेयर १ अर्ब ३५ करोड २८ लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री भए । सो दिन कारोबारमा आएको ५२ कम्पनीको सेयर मुल्य बढेको छ । १३२ कम्पनीको घटेको छ । भने, ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

जानाकी फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी ६.२३ प्रतिशतले बढेको छ । खप्तड लघुवित्तको सेयर मूल्य ३.९९ प्रतिशत र धौलागीरि लघुवित्तको सेयर मूल्य ३.९७ प्रतिशतले बढेको छ । भने, यूनिलिभर नेपालको सेयर मुल्य सबैभन्दा बढी ५.५८ प्रतिशले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको १२ करोड १६ लाख ८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यस्तै, रिडी पावर कम्पनीको ८ करोड ६७ लाख ६३ हजार, हिमालयन डिस्टिलरीको ८ करोड ६० लाख १६ हजार, शिवम् सिमेन्टको ८ करोड ४३ लाख ६३ हजार र न्यादी ग्रुप पावर कम्पनीको ४ करोड ९० लाख १३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

विकास बैंकको ४९.९५, होटल १७.५५, उत्पादन तथा प्रशोधन समूहको ३९.४८, माइक्रोफाइनान्स १९.४४, निर्जीबन बीमा २५.१६, अन्य समूहको उपसूचक १७.७६ अंकले घटेको छ । यस्तै बैंकिङ समूहको उपसूचक १.२६, जीवन बीमा समूहको उपसूचक २.३६ अंकले बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE