Skip to content
Shikhar Insurance
National Life

चुक्तापुँजी पुर्‍याउन यूनाइटेड इन्स्योरेन्सले पनि रोज्यो मर्जरको बाटो, उपयुक्त पार्टनर को ?

Hyundai
NCELL
NIMB

काठमाडौं । यूनाइटेड इन्योरेन्सको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहित आव २०७८ को नाफा नोक्सान, हिसाब र नगद प्रभाह विवरण तथा सम्बन्धित अनुसुचीहरु पारित गरेको छ । कम्पनीले आव २०७८/०७९ को लागि बाह्य लेखा परिक्षकमा एम.जि.एस लाई नियुक्त पनि गरेको छ ।

कम्पनीको संचालक समितिमा संस्थापक सेयरधनी समुह क बाट प्रतिनिधित्व गर्न चार जना र सर्वसाधारण सेयरधनी समुह ख बाट प्रतिनिधितेव गर्न दुई जना संचालकहरुको निर्वाचन मार्फत चयन गरिएको छ । कम्पनीले चुक्त्ता पुँजी २ अर्ब ५० करोड बनाउन भविष्यमा कुनै पनि निर्जिवन बीमा कम्पनीहरुसँग गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने निर्णय त्यस सम्बन्धि हस्ताक्षर गर्ने, मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्ति गर्ने र मर्जर सम्बन्धि सम्पूर्ण आवश्यक प्रक्रिया पुरा गर्न संचालक समितिलाई अधिकार दिएको छ ।

कम्पनीको गत वर्षको तुलनामा यस वर्ष (२०७७/०७८) मा बीमा शुल्क ५८ प्रतिशतले बढाइ १ अर्ब १० करोड ३३ लाख २ हजार ७६९ रुपैयाँ पुर्याएको छ । कम्पनीको नाफा ५ सय प्रतिशत भन्दा बढीले बृद्धि भई १० करोड ५२ लाख ९८ हजार ८ सय ८७.२८ रुपैयाँ भएको छ । आव २०७८/०८९ को अवधिमा कम्पनीको कुल बीमा शुल्क ३८ प्रतिशत भन्दा बढीले बृद्धि भई १ अर्ब २५ लाख ५१ हजार रुपैयाँ पुगेको छ । कम्पनीको खुद नाफा ९८ प्रतिशतले भन्दा बढीले बढेको छ ।

कम्पनीको बीमा शुल्क स्थापना कालदेखि पहिलो पटक एक अर्ब क्लबमा प्रवेश गरेको छ । कम्पनीको आव २०७७/०७८ को मूल्यांकन कमोजिम भारतको कलकत्तामा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको एसिया स्तरको तेस्रो उदयमान एशिया इन्स्योरेन्स अवार्ड २०२१ मा नेपालबाट निर्जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदानका लागि बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि यिअर अवार्डबाट यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) सम्मानित भएको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE