Skip to content
Shikhar Insurance
National Life

चीनले आफ्नो बजारमा सबैलाई सहज प्रवेश दिन्छः राष्ट्रपति सि जिनपिङ

Hyundai
NCELL
NIMB

काठमाडौं । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले शुक्रबार प्राप्त अवसरहरू सबैसँग पुर्याउँन चीनले सबै देश र पक्षहरूसँग मिलेर काम गर्ने बताएका छन् । पाँचौं चिनियाँ अन्तरराष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्दै राष्ट्रतपति सीले उक्त टिप्पणी गरेका हुन्।

‘हामी बलियो घरेलु बजारको विकास गर्ने, वस्तुको व्यापारलाई स्तरोन्नति गर्ने, सेवाको व्यापारका लागि नयाँ संयन्त्रको विकास गर्ने र गुणस्तरीय वस्तुहरू आयात गर्ने प्रयासलाई थप तीव्र पार्नेछौं,’सीले भनेका छन्।
सिल्क रोड ई–कमर्स सहकार्यका लागि पाइलट जोनहरू स्थापना गर्ने र सेवामा व्यापारको नवीन विकासका लागि राष्ट्रिय प्रदर्शन क्षेत्रहरू निर्माण गर्ने, व्यापारमा नवप्रवर्तनलाई प्रोत्साहित गर्न र उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहकार्यलाई प्रवर्द्धन गर्न प्रयास गरिने पनि उनले बताए ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्