Skip to content
Shikhar Insurance
National Life

चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट, ८५ हजार ९३० जनाले पाए १० कित्ता सेयर

Hyundai
NCELL
NIMB

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ आज (कात्तिक १६ गते) बाँडफाँट भएको छ। कम्पनीले कात्तिक २३ गतेदेखि २६ गतेसम्म निष्कासन तथा बिक्री गरेको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ५९ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो। सो सेयरमा कुल ११ लाख ३४ हजार ३१७ आवेदन परेको थियो। सोमध्ये ११ लाख ३१ हजार ९३६ आवेदन स्वीकृत भएको छ भने २ हजार ३८१ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको छ। यस अनुसार ८५ हजार ९३० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्