बेइजिङ । चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ । यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ । यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्रीय बैंकले जनाएको छ । रासस
चिनियाँ ढुकुटीमा जम्मा भयो १७५३ मेट्रिक टन सुन

प्रतिक्रिया दिनुहोस्