Skip to content
Shikhar Insurance
National Life

चितुवाको छालासहित पाँच पक्राउ

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल प्रहरीले संरक्षित वन्यजन्तु चितुवाको छालासहित ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले संरक्षित वन्यजन्तु चितुवाको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बिक्री वितरण गर्ने पाँच जना व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भोजपुरका ३९ वर्षीय लक्ष्मण विश्वकर्मा, २० वर्षीय विनोद कालिकोटे, ३४ वर्षीय दलबहादुर आलेमगर, धादिङ गल्छीका २८ वर्षीय उमेश दुधराज र २० वर्षीय प्रेमबहादुर विक छन् ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले संरक्षित वन्यजन्तु चितुवाको छाला ओसारपसारमा सङ्लग्न गिरोहलाई ललितपुरको बोधिग्राम टोलबाट पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तिवन बुझाइएको प्रवक्ता अधिकारीले बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्