Shikhar Insurance
National Life

चितवन महोत्सवमा काँचो केराका म:मदेखि अचारसम्मको परिकार

सिंहदरबार संवाददाता
२०८१ पुष २६, शुक्रबार १४:२४
Hyundai
NCELL
NIMB

चितवन । तनहुँको देवघाटबाट आएकी लक्ष्मी तिमिल्सिना नारायणी नदीको किनारमा बनाइएका केराको चिप्स खाँदै थिए । उनले आलुको परिकार जस्तै केराको चिप्स नयाँ स्वादका रूपमा पहिलो पटक अनुभव गरेको सुनाइन् ।

उद्योग वाणिज्य सङ्घ चितवनले बिहीबारदेखि सुरु गरेको १५औँ चितवन महोत्सवको उद्घाटन समारोहमा सहभागी हुन आएकी तिमिल्सिनाले आफूले केरा पकाएर खाने गरे पनि खाना र खाजाका रूपमा काँचो केरालाई प्रयोग नगरेकाले नयाँ स्वाद लागेको बताइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

देवघाटमा व्यवसाय गर्दै आएकी तिमिल्सिनाले केराजस्तो चोखो जातको परिकार सबै पसलमा पुर्‍याउन सके व्यवसायीका साथै उपभोक्तालाई पनि फाइदाजनक हुने बताइन् । उनले भनिन्, ‘केराको परिकारलाई सबैको पसलमा पुर्‍याउनु आवश्यक छ ।’ महोत्सव अवलोकन गर्न आएका भरतपुर महानगरपालिका–१२ का युवराज रेग्मी केराको स्वाद लिँदै घाम ताप्दै थिए ।

केराका विभिन्न परिकार अवलोकन गर्दै उनले भने, ‘नयाँ स्वाद र अग्र्यानिक परिकारले मन लोभ्यायो । केरा पकाएर मात्रै नभई काँचै पनि विभिन्न परिकार बनाएर खान मिल्ने रहेछ, यो सबैले खान मिल्ने खालको हुँदो रहेछ ।’ उनले यसको प्रयोग बढाउन सके प्रभावकारी हुने विचार राखे । महोत्सवस्थलमा रहेको केराको म:म, चिप्स, अचारलगायत विभिन्न परिकार खान आउनेको घुइँचो थियो ।

केराका विभिन्न परकारका बारेमा उपभोक्तालाई जानकारी दिने उद्देश्यले महोत्सवमा राखिएको चितवन केरा सङ्घका उपाध्यक्ष शङ्कर सुवेदीले बताए । उनका अनुसार यहाँ केराको म:म, छोइला, अचार, पकौडा, चिप्सलगायत खाजाका परिकारहरू बिक्रीका लागि राखिएका छन् ।

जिल्लामा हुने हरेक महोत्सवमा सङ्घको नेतृत्वमा केराका परिकार पस्किँदै आइएको सुवेदीले बताए । उनले भने, ‘अन्य समयमा बढी सेवाग्राही नपाइने भएकाले मेला महोत्सव लक्षित गर्दै आएका हौँ ।’

दैनिक ३१ जना कर्मचारी राखेर महोत्सव अवलोकनकर्तालाई केराका परिकार चखाउँदै र सिकाउँदै आइएको सुवेदीले जानकारी दिए । जिल्लामा दुई हजार दुई सय पाँच हेक्टर क्षेत्रफलमा अहिले केराखेती हुँदै आएकामा ४३ हजार एक सय ९३ मेट्रिक टन उत्पादन हुन्छ ।

उत्पादनको २० प्रतिशत केरा चितवनले ओगट्ने जनाउँदै सङ्घका उपाध्यक्ष सुवेदीले पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा बढी केराखेती हुने गरेको बताए । भरतपुर महानगरको ठिमुरा, जगतपुर र मेघौली क्षेत्रमा पनि व्यावसायिक केराखेती गरिएको छ ।

केराको खपत बढाउन व्यवसायीले मेला महोत्सवहरूमा विभिन्न परिकार बनाउने गरेका छन् । पाकेको मात्रै होइन, काँचो केराको खपत बढाउन सके बजारको समस्या नहुने व्यवसायीको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्