Skip to content
Shikhar Insurance
National Life

चिकित्सकको अभावमा अस्पतालमा भेन्टिलेटर प्रयोगविहीन

Hyundai
NCELL
NIMB

 

उदयपुर । जिल्ला अस्पतालमा झण्डै एक वर्षअघि स्थापना गरिएका भेन्टिलेटर चिकित्सकको अभावमा प्रयोगविहीन हुँदै आएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सिकिस्त अवस्थाका बिरामीलाई राखेर उपचार गर्नका लागि स्थापना गरिएका भेन्टिलेटर मेशिन सञ्चालन गर्ने चिकित्सक एनेस्थेसियोलोजिष्ट व्यवस्थापन नहुँदा अहिलेसम्म उक्त उपकरण जिल्ला अस्पतालमा प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका कर्मचारी बताउँछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु एक करोडको सहयोगमा अस्पतालमा जडान गरिएका दुईवटा भेन्टिलेटर मेशिन एक वर्षअघि नै स्थापना गरिएको तर चिकित्सक व्यवस्थापन नहुँदा अहिलेसम्म प्रयोगविहीन अवस्थामा छन् । प्रयोगमा नरहेपछि मेशिन सञ्चालन नहुँदा बिग्रने अवस्था आएको अस्पतालका प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीले बताए ।

भेन्टिलेटर मेशिन सञ्चालन गर्नका लागि छुट्टै एनेस्थेसियोलोजिष्ट चिकित्सक व्यवस्थापन गरिदिन आफूहरुले पटक–पटक प्रदेश सरकार र सङ्घीय सरकारसँग अनुरोध गरेको तर अहिलेसम्म उचित सुनुवाइ नभएको अस्पताल व्यवस्थापन समितिका सदस्य महेश रोकाले बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE