Skip to content
Shikhar Insurance
National Life

चालु आवमा (कृषि, वन र मत्स्यपालन) को उत्पादन २.७ वृद्धि हुने

Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्ष कृषि क्षेत्र (कृषि, वन र मत्स्यपालन) को उत्पादन २.७ प्रतिशतले वृद्धि हुने अनुमान छ। गत आर्थिक वर्षमा यस्तो वृद्धिदर २.२ प्रतिशत रहेको थियो। पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर २.९ प्रतिशत रहेको छ।

विगत वर्षदेखि नै कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गइरहेको छ। आर्थिक वर्ष २०७०।७१ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३०.३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा यस्तो योगदान २४.१ प्रतिशत रहने अनुमान छ।

कृषि क्षेत्रमा आवद्ध जनसङ्ख्या घट्दै जानु, कृषि पेशा भन्दा अन्य पेशातर्फ श्रमशक्ति आकर्षित हुँदै जानु र वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या उच्च रहेको कारण विशेषगरी हिमाली र पहाडी क्षेत्रमा कृषियोग्य जमिन बाँझो हुने क्रम बढ्दै गएको छ। फलस्वरूप, कृषि उत्पादनमा अपेक्षित वृद्धि हुन नसकी कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान समेत घट्दै गएको छ।

आय, रोजगारी तथा जीवननिर्वाहको दृष्टिले कृषि क्षेत्र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रूपमा रहँदै आएको छ। कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदानका साथै प्रत्यक्षरूपमा कृषिमा आवद्ध जनसङ्ख्या समेत घट्दै गएको छ।

कृषि क्षेत्रमा आवद्ध जनसङ्ख्या सन् २०१८ मा भएको श्रमशक्ति सर्वेक्षण अनुसार ६०.४ प्रतिशत रहेकोमा सन् २०२१ मा भएको श्रमशक्ति सर्वेक्षण अनुसार यस्तो जनसङ्ख्या ५०.४ प्रतिशत रहेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्