Skip to content
Shikhar Insurance
National Life

चलखेल गरेर मूल्य बढाउने सबैलाई कारवाही गर्छाैंः अध्यक्ष ढुंगाना

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अनावश्यक चलखेल गरेर सेयरको भाउ बढाउने काममा संलग्न सबैलाई कारवाही गर्ने बताएका छन् ।

५१ वटा कम्पनीको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको अध्ययन रिपोर्ट तयार भएपछि सिंहदरबारसँग कुरा गर्दै अध्यक्ष ढुंगानाले भने– “चलखेल गरेर भाउ बढाएको तथ्य फेला परेको छ, अब को को कुन कुन प्रक्रिया र हदसम्म संलग्न छन्, तिनलाई कारवाही गरिनेछ ।”

बोर्डले सधै पुँजी बजारको दिगो विकासमा ध्यान दिएको बताउँदै उनले चलखेललाई आफुले नसहने स्पष्ट पारे । ‘बजारलाई आफ्नै गतिमा चल्न दिनुपर्छ, यहाँ त चलखेल गरेर बढाउने काम भैरहेको रहेछ, यो कुरा सह्य हुन्न’, ढुंगानाले भने ।

५१ कम्पनीको सेयर किन्दा लगानीकर्ता फस्ने बताउँदै सोच बिचार गरेर मात्रै खरिद बिक्रि पनि सहभागी हुन पनि अनुरोध पनि गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्