Skip to content
Shikhar Insurance
National Life

चन्द्र ढकालले भनेः अर्थतन्त्र संकटमा छ, हामी अन्यन्तै अप्ठेरोमा छौं

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैकले केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्रमा सुधार हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशको पद हस्तान्तरण समारोहलाई सम्वोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले भने , यो समयमा हामी अत्यन्त संकटमा छौ । आर्थिक संकट केही हाम्रा सरकारी नीति , कोभिड र अन्तरराष्ट्रिय घटनाक्रमका कारण उत्पन्न भएको हो । तर पछिल्ला केही समय रेमिटेन्स र पर्यटकको संख्या बढेको छ । यो समयमा सरकार र केन्द्रीय बैकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुँदै जान्छ ।’–ढकालले भने,–‘यो समय एकले अर्कालाई आरोप प्रत्यारोप गर्ने होईन हातेमालो गरेर संटकबाट पार लगाउने हो ।’

बरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले भने–‘पछिल्ला दिनमा केही परिमार्जन त भएको छ । रोजगारी सृजना गर्ने अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख एक शक्तिलाई नाफाखोरका रुपमा बुझ्नु गलत हो । मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु उपस्थित कार्यक्रममा ढकालले भने, ‘नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश सरकारसंग सहकार्य गरेर अघि बढ्न तयार छ तपाईहरुले वाताबरण बनाउनु भयो भने ।’

GBIME

प्रतिक्रिया दिनुहोस्