Skip to content
Shikhar Insurance
National Life

चन्द्रागिरी हिल्सको सेयर कारोबार आइतवारदेखि दोस्रो बजारमा

Hyundai
NCELL
NIMB

काठमाडौं, धितोपत्र दोस्रो बजारमा चन्द्रागिरी हिल्स लिमिटेडको सेयर कारोबार आइतवारदेखि सुरु हुने भएको छ । कम्पनीले शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर सूचीकरण गरेसँगै आइतवारदेखि कारोबार सुरु हुने भएको हो ।

यस कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कायम चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार बराबरको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो । नेप्सेमा सूचीकृत गर्नुपूर्व सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा सूचीकरण गराई सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा सेयर जम्मा भैसकेको छ ।

यस कम्पनीमा संस्थापक तर्फ ८८ प्रतिशत र सर्वसाधारण तर्फ १२ प्रतिशत सेयर स्वामित्व रहेको छ । दुवै तर्फको सेयर कम्पनीले सूचीकृत गराएको हो । कम्पनीले पहिलो चरणमा मंसिर १७ गतेदेखि पुस १ गतेसम्म आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री गरी पुस २४ देखि २८ गतेसम्म आम सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो ।नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि रू. ९६ दशमलव ६९ देखि रू. २९० दशमलव शून्य ७ सम्मको मूल्य रेञ्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । नेप्सेले यस कम्पनीको आर्थिक वर्ष ०७५÷७६ सम्मको वास्तविक प्रतिसेयर नेटवर्थ रू.९६ दशमलव ६९ को आधारमा मूल्य रेञ्ज तोकेको हो ।

सोही मूल्यरेञ्जको आधारमा कम्पनीको सीजीएच (CGH) स्टक संकेतबाट सेयर कारोबार खुला हुनेछ । कम्पनीको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्