Skip to content
Shikhar Insurance
National Life

चन्द्रागिरी हिल्सको नाफा करिब ८०० प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करि ८०० प्रतिशतले बढेको हो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७९६.४१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

पर्यटकहरुको आगमनमा उल्लेख्य सुधार भएसँगै कम्पनीको आम्दानी बढ्न गई खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आदानी ३६.५४ प्रतिशत बढेर ९१ करोड ३४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको यस्तो आम्दानी ६६ करोड ८९ लाख रुपैयाँ थियो ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ ७५ पैसा बढेर ९ रुपैयाँ ८५ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ८४ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४६.६३ गुणा रहेको छ।

१ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने २३ करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

त्यसैगरी, कम्पनीको कुल आम्दानी ४०.५२ प्रतिशत बढेर ७९ करोड २६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको कुल आम्दानी ५६ करोड ४० लाख रुपैयाँ थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्