Skip to content
Shikhar Insurance
National Life

चन्द्रपुर, हेटौँडा र नारायणघाटमा गल्फ लुब्रिकेन्टको आधुनिक शोरुम सुरु

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले रौतहटके चन्द्रपुर, मकवानपुरको हेटौँडा र चितवनको नारायणघाटमा नयाँ शोरुम स्थापना गरेको छ । कम्पनीले चन्द्रपुरमा आफ्नो आधिकारक बिक्रेता जैसवाल त्रेदिंग कन्सर्न, नारायणघाटमा आशिर्वाद अटो त्रेदिंग र हेटौंडामा आफ्नो आधिकारक बिक्रेता दिव्या बिजनेस कन्सर्नको नया शोरुम उद्घाटन गरेको हो । ग्राहकलाइ उच्च सेवा प्रधान गर्न र नेपालकै सर्वाधिक बिक्रिहुँने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउन यो नया शोरुमहरु संचालनमा आएको कम्पनीले जनाएको छ ।

नेपालमा ३८ वर्षको गौरबमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्ट का उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेड हो । शोरुमहरुको उदघाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले गरे । समारोहमा बोल्दै करण चौधरी भाने, ‘गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि हो ।  उत्कृष्ट Performance र Unmatched Quality का कारण गल्फ लुब्रिकेन्ट नेपाली ग्राहकहरुको माज निकै लोकप्रिय र विश्वसनीय बनेको हो ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगा राज भट्टराइका अनुसार यो नयाँ उच्चस्तरीय शोरुम हरुबाट सबै गल्फ ब्रान्डको उत्पादकहरु ग्राहक माझ उपलब्ध हुनेछन् । फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्राण्ड हो र यसले अटोमोटिभ देखि
इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्