Shikhar Insurance
National Life

चण्डिका भट्टले फेरी लगे पेट्रोलमा इथानोल मिसाउने फाइल निगम बोर्डमा, कर्मचारीहरु सशंकित

सिंहदरबार संवाददाता
२०८१ पुष १६, मंगलवार ०९:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले पेट्रोलमा इथानोल मिसावट गर्ने भन्दै फाइल निगम बोर्डमा पुन: पेश गरेका छन् । निगमको सोमबार (पुस १५) गते बसेको बोर्ड बैठकमा सो एजेन्डा प्रस्तुत भएको हो ।

सोमबारको बैठकमा इथानोल मिसाउने एजेण्डामा छलफल भएको बोर्डका एक सदस्यले पुष्टि गरे । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी र भट्टको मुख्य योजनामा बोर्डमा इथानोलको बहस पटक-पटक भैरहेको छ । मन्त्री र कार्यकारी निर्देशकले अनुचित रुपमा इथानोलमा दबाब दिन थालेपछि निगमका कर्मचारीहरु समेत सशंकित हुन थालेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निगमका एक कर्मचारीले भने, “पेट्रोलमा इथानोल मिसावट गर्ने काम आजको भोली नै टुङग्याउने गरी कार्यकारी निर्देशक ज्यू लाग्नु भएको छ, फलानो कम्पनीलाई नै प्रोजेक्ट दिनुपर्छ भन्नेगरी काम अघि बढाउनु भएको छ, उहाँको महत्वकाँक्षामा हामी समेत फस्ने डर भैरहेको छ ।” ती कर्मचारीका अनुसार कार्यकारी निर्देशक भट्टले आफ्ना योजनामा साथ नदिने कर्मचारीहरुलाई अग्रेंजी भाषाको प्रयोग गर्दै गाली समेत गर्ने गरेका छन् ।

सोमबारको बोर्ड बैठकमा इथानोलको निर्णय गरिहाल्नु पर्ने भन्दै भट्टले बोर्ड सदस्यहरुलाई दबाब दिएका थिए । इथानोलको विषयमा संचालक समितिका अधिकाँस सदस्यहरुले फरक मत राखेका थिए । निगम स्रोतका अनुसार इथानोलको फाइल निकै कमजोर गरी बनाइएको छ । पेट्रोलको गुणस्तर सम्बन्धि काम नै निगमले जिम्मा लिएको छ । तर निगमका अधिकांस कर्मचारीहरुले भने उद्योग मन्त्रालयले नै निर्देशिका बनाउनु पर्नेमा जोड दिइरहेका छन् ।

निगमका एक एक कर्मचारीले सिंहदरबारसँग भने, “पेट्रोलमा इथानोल मिसावट गर्ने कार्य आयल निगमको मात्रै होइन, यसमा उद्योग मन्त्रालय, कृषि मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको समेत भुमिका राय सल्लाह सुझाव चाहिन्छ, तर मन्त्री र कार्यकारी निर्देशकले कमजोर खेस्रामै निर्णय गर्नुपर्छ भन्नु भएको छ त्यो विषय स्वीकार गर्न सक्ने स्थितिमा हामी छैनौं ।”

मन्त्री भण्डारी र कार्यकारी निर्देशक भट्टले पेट्रोलमा  इथानोल मिसावटको लागि गरेको यो पहिलो प्रयास होइन । उनीहरुले पुर्व वाणिज्य सचिव मधुदन बुर्लाकोटी हुदाँ समेत प्रयास गरेका थिए । तर तत्कालिन वाणिज्य सचिव बुर्लाकोटीले नीतिगत भ्रष्टाचार हुनेगरी कुनैपनि काम नगर्ने भनेपछि उनको २ महिनामै सरुवा भएको थियो । स्रोतका अनुसार तत्कालिन वाणिज्य सचिव बुर्लाकोटीलाई अनुचित रुपमा मन्त्री भण्डारी र भट्टको टीमले प्रलोभनको समेत प्रयास गरेका थिए ।

पछिल्लो मन्त्रालय आएका वाणिज्य सचिव गोविन्द बहादुर कार्कीले इथानोल प्रोजेक्टकमा सहयोग गर्ने मन्त्री भन्डारी र भट्टको यो प्रोजेक्टमा साथ दिने अनुमानकाबिच सचिव कार्कीले पनि यो विषयमा फरक मत राखेका छन् । सचिव कार्कीले पनि राम्ररी प्रकृया पुर्याएर मात्रै काम अघि बढाउनु पर्नेमा जोड दिएका हुन् ।

कसरी निस्कियो इथानोल प्रोजेक्ट

पेट्रोलमा इथानोल मिसाउने विषय नयाँ विषय होइन यो विगत केहि वर्षदेखी जोडतोड उठिरहेको छ । पुर्व कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, उमेश थानीको कार्याकालमा पनि इथानोल मिसाउने भनि चर्को दबाब आएको थियो । तर उनीहरुले  यो विषयलाई स्वीकार गरेनन् । यो योजना भनेको निगमको १० प्रतिशत व्यापार सिधैं निजी क्षेत्रलाई सुम्पिने योजना हो । यो योजनामा पुर्व वाणिज्य सचिव मधुकुमार मरासिनीले धेरै नै चासो देखाएका थिए । उनका नजिक मानिएका अमेरिकामा बस्दै आएका बेद खरेलले यो योजनालाई अघि बढाएका थिए  ।

तत्कालिन वाणिज्य सचिव मरासिनीको समयमा २ पानाको इथानोल सम्बन्धि विषय उल्लेख गरेर निर्णय गर्न खोजिएको थियो । सो समयमा पनि निगम संचालक समितिले अस्वीकार गरेको थियो । यो विषयमा विवाद चुलिदै गएपछि आयल निगममा ३ सदस्यीय अध्ययन टोली बनाएर भारत गएर अध्ययन प्रतिवेदन तयार गरेको छ ।

स्रोतका अनुसार पछिल्लो समय इथानोलबाट बेद खरेलको टिम आउट भएर शशिकान्त अग्रवालको टीम इन्ट्री भएको छ । नेपाली चिनी उद्योगीहरुले इथानोल नेपालमै उत्पादन हुने दाबी गरिरहेका छन् ।

पेट्रोलमा इथानोल मिसाउने कार्यविधि निगम आफैंले बनाउनु नमिल्ने विषय छ । किनभने निगम एक व्यापारिक संस्था हो । पेट्रोलको गुणस्तरको विषयमा नेपाल नापतौल तथा गुणस्तर विभागले निर्धारण गर्ने विषय हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्