Skip to content
Shikhar Insurance
National Life

घुस लिएकाे तथ्य बाहिरिएपछि विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित, अख्तियारले थप अनुसन्धान

Hyundai
NCELL
NIMB

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित भएका छन् । उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको हो ।

गैरकानुनी रुपमा एक वायु सेवा कम्पनीसँग लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री पाइएपछि मन्त्रालयले प्राधिकरणलाई पत्राचार गर्दै सो निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनसँगै महाप्रबन्धक ठाकुरलाई निलिम्बित गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनकाअनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएकाले जाँचबुझ गर्ने सिलसिलामा महाप्रबन्धक ठाकुरलाई निलम्बनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई पत्राचार गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको मन्त्रिस्तरीय निर्णयका आधारमा महाप्रबन्धकलाई निलम्बनका लागि प्राधिकरणका महानिर्देशकलाई पत्राचार गरिएको हो । सो विषयमा थप अनुसन्धान गर्न मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत अनुरोध गरिएको प्रवक्ता केसीले जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE