Skip to content
Shikhar Insurance
National Life

घातक रोगको उपचारवापत १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका दमक–५, झापा निवासी ४४ वर्षीय गजेन्द्र विक्रम कटुवाललाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको हो ।

कटुवाललाई बैंकको प्रदेश १ का डेपुटी पीएई प्रकाशचन्द्र अधिकारीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । उक्त बीमा रकम एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरिएको छ ।

बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४ सय ८५ जना भन्दा बढी ग्राहकले बीमा वापतको ३ करोड २० लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्