Skip to content
Shikhar Insurance
National Life

घरजग्गा करमा झन्झट थपियो, तिरेको पैसा नदेखिएपछि शीर्षक हेरफेर, अब यसरी मिलाउनुस्

Hyundai
NCELL
NIMB

काठमाडौं। घरजग्गा बिक्रीमा तिरेको १.५ प्रतिशत पुँजीगत लाभकर अनुसूची १० मा नदेखिए राजस्व शीर्षक फेर्नुपर्ने भएको छ। व्यावसायिक कारोबार गर्ने संस्थाहरुले तिरेको यस्तो कर अनुसूचीमा नदेखिए शीर्षक फेर्न आन्तरिक राजस्व विभाले ताकेता गरेको हो ।

सेवाग्राहीबाट अनुसूचीमा नदेखिएको गुनासो आएपछि विभाग कदम चालेको हो ।

विभागले कर तिर्ने प्रणालीलाई सहजीकरण गर्दै व्यावसायिक फर्मले आफैंले अनुसूची भर्न सक्ने व्यवस्था गरेको छ। अनुसूची १० मा आयकर कति मितिमा तिरेको विवरण करदाता आफैंले अनलाइन प्रणालीबाट हेर्न सक्छ। तर, मालपोतमा तिरेको पुँजीगत लाभकर पहिचानन नभएएपछि राजस्व शीर्षक नै फेर्नुपर्ने भएको हो ।

मालपोत कार्यालयमा राजस्व कार्यालयको कोड नम्बर राखेर बुझाएको पुँजीगत लाभ करको राजस्व भौचरमा करदाताको स्थायी लेखा नम्बर र राजस्व शीर्षक फरक पर्ने गरेको छ। जस्तै राजस्व शीर्षक नम्बर १११२५ उल्लेख गर्नुपर्नेमा ११११३ उल्लेख गरेको उल्लेख गरेको कारण अनुसूची १० मा उक्त कर रकम नदेखिएको हुन सक्ने विभागको अनुमान छ।

यसकारण उक्त राजस्व शीर्षक नम्बर यकिन गरी संशोधन गर्नुपर्ने देखिएमा कर बुझाएको सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा निवेदन दिएर समयमै भौचर संशोधन गराउन सम्बन्धित सबै करदाताहरुलाई विभागले आग्रह गरेको छ ।

साथै मालपोत कार्यालयमा नगदी रसिदमार्फत बुझाएको वा मालपोत कार्यालयको कोड नम्बर राखि बैंकमा बुझाएको पुँजीगत लाभकरको हकमा करदाता स्वयंले अनुसूची १० मा दाबी गर्न सक्ने व्यवस्था गरिएको छ।

यसरी करदाताले अनुसूची १० मा दाबी गरेको हकमा आफू दर्ता भएको आन्तरिक राजस्व कार्यालयबाट रुजु गराउनु पर्नेछ। कार्यालयबाट रुजु भएपछि मात्र उक्त कर अनुसूची १० मा आउने छ। त्यसपछि मात्र आय विवरण पेश गर्न विभागले  जानकारी गराएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्