Skip to content
Shikhar Insurance
National Life

घटेर बन्द भयो नेप्से, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

Hyundai
NCELL
NIMB

काठमाडौं । सोमबार सेयर बजार घटेर बन्द भएको छ । नेप्से परिसूचक निरन्तर पाँचौ कारोबार दिन घटेर बन्द भएको हो ।

साताको पहिलो कारोबार दिन (नेप्से) परिसूचक ८.७५ अंक घटेर २०६०.१५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब २९ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०६ कम्पनीको १ लाख २ हजार ९०५ पटकको कारोबारमा ४ अर्ब ४८ करोड ३९ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख ९२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

सोमबार दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र चिरख्वा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो । त्यस्तै, नेपाल वेयर हाउजिङ्ग कम्पनी र हाथवे इन्भेष्टमेन्टको ९.९९ प्रतिशत, मुक्तिनाथ कृषि कम्पनीको ९.९८ प्रतिशत र हिमालयन हाइड्रोपावर कम्पनीको ९.९४ प्रतिशत सेयर मूल्य बढेको छ । भने कारोबारमा आएको मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ८.०९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको २० करोडभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन सोनापुर मिनरल्स एण्ड आयलको पनि २० करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने हाथवे इन्भेष्टमेन्टको १७ करोडबढी कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन, जलविद्युत र जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्