Shikhar Insurance
National Life

घटेरै विदाई गरे शुक्रबारको अन्तिम सेयर कारोबारलाई

सिंहदरबार संवाददाता
२०७९ भाद्र ३१, शुक्रबार १३:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । शुक्रबार कारोबार हुने आज अन्तिम दिन पनि सेयर बजार घटेको छ । शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरेसँगै आज भदौं ३१ गते शुक्रबार अन्तिम कारोबार भएको हो ।

नेप्सेले भदौ महिनासम्म शुक्रबार सेयर कारोबार गर्ने र असोज महिना सुरु भएपछि शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो । केहि समयअघि सरकारले आइतबार पनि सर्वजनिक विदा दिने निर्णय गरेको थियो । सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेपछि सेयर बजार सोमबादेखि शुक्रबारसम्म कारोबार हुदै आएको थियो । पछि सरकारले आईतबारको सार्वजनिक विदा बन्द गरेपछि सेयर बजार आइतबारदेखी शुक्रबारसम्म नै कारोबार हुन थालेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शुक्रबारको कारोबार आज अन्तिम दिन पनि सेयर बजार घटेर शुक्रबारको कारोबारलाई विदाइ गरेको छ । यस दिन नेप्से परिसूचक १४.१० अंकले घटेर १,९१०.३८ को विन्दुमा झरेको छ ।

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.२३ अंकले घटेर ३७१.९० को विन्दुमा बन्द भएको हो ।

नेप्सेका अनुसार शुक्रबार २२० कम्पनीको ९० करोड ८१ लाख ८६ हजार रुपैयाँ बराबरको २९ लाख १६ हजार २ सय ७१ कित्ता सेयर खरिदबिक्री भए । सो दिन कारोबारमा आएको ३० कम्पनीको सेयर मूल्य बढेको छ । १५१ कम्पनीको सेयर मूल्य घटेको छ भने, ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

कारोबार रकमको आधारमा रिडी पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४ करोड २३ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरि, हिमालयन डिस्टिलरीको ३ करोड २ लाख २ हजार, नबील बैंकको ३ करोड ५५ हजार, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको २ करोड ८४ लाख ६९ हजार र अपी पावर कम्पनीको २ करोड ७५ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

नबील ब्यालेनस फण्ड २ को सेयर मूल्य सबैभन्दा धेरै ७.८७ प्रतिशतले बढेको छ । बुद्ध भुमि नेपालको सेयर मूल्य ६ प्रतिशतले बढेको छ भने, र्मिमिरे माइक्रोफाइनान्स डेपलपमेण्ट बैंकको सेयर मूल्य सबैभन्दा बढी ५.५९ प्रतिशतले घटेको छ ।

१३ वटा समूहगत उपसूचकहरु मध्ये म्युचुअल फण्डको परिसूचक ०.०७ प्रतिशले बढेको छ भने बाँकी रहेको १२ वटा समूहहरु घटेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्