Skip to content
Shikhar Insurance
National Life

दाेहाेराे अंकले घटेको बजारमा आदर्श लघुवित्तको सेयरमा पोजेटिभ सर्किट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार घटेर बन्द भएको छ । गत साताको बिहिबार देखि ओरालो लागेको सेयर बजारले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार २३.६४ अंक घटेर १,९०८.०४ को विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.७८ अंक, फ्लोट इण्डेक्स १.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७० अंक घटेको छ।

नेप्से घटेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन २६७ कम्पनीको २७ हजार ३७४ पटकको कारोबारमा ९१ करोड ८२ लाख १९ हजार रुपैयाँ बराबरको ३१ लाख ३९ हजार कित्ता सेयर खरिदबिक्री भए । अघिल्लो कारोबार दिन अर्थात आइतबार ९७ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

कारोबामा आएको २३ कम्पनीको सेयर मूल्य बढेको छ । १८८ कम्पनीको सेयर मूल्य घटेको छ । भने, ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्से परिसूचक घटेपनि सोमबार आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, कालिञ्चोक दर्शनको ९.९८ प्रतिशत, मोलुङ्ग हाइड्रोपावर कम्पनीको ९.९६ प्रतिशत, सिभिल बैंक डिबेन्चर्स २०८८ को मूल्य ६.१० प्रतिशत र समलिङ्ग पावर कम्पनीको सेयर मूल्य ४.९९ प्रतिशतले बढेको छ ।भने बाँकी कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा कमले बढेको छ ।
यस दिन सनराइज ब्लुचिप फण्डको इकाईमूल्य सर्वाधक ६.२५ प्रतिशत घटेको छ। त्यस्तै, एनआईसी एशिया ग्रोथ फण्डको इकाईमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा छ। कम्पनीको ७ करोड २ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, शिवम् सिमेन्टको ४ करोड ३३ लाख, एनआइसी एशिया बैंकको ३ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्