Skip to content
Shikhar Insurance
National Life

घटेको बजारमा ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार घटेर बन्द भएको छ । अघिल्ला ३ कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्से, यस दिन भने घटेको हो।

दोहोरो अंकले घटेको सेयर बजारमा ३ कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसदिन स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशीयन हाइड्रोपार कम्पनीको सेयर १० प्रतिशतले बढेको हो । त्यसैगरी, थिस्टार हाइड्रोपावरको ९.७३ प्रतिशत, अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीको ४.७३ प्रतिशत, नेष्डो समृद्धि लघुवित्तको ४.३२ प्रतिशत, नेश्नल लघुवित्तको ४.३० प्रतिशत र जाल्पा समुदायीक लघुवित्तको ४.०९ प्रतिशत सेयर मूल्य बढेको छ । अन्य कम्पनीकाे सेयर मूल्य भने ३.५६ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको शुभम् पावर कम्पनीकाे सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

नेपाल सटक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार १९.४२ अंक घटेर २,०१०.३५ को विन्दुमा बन्द भएको छ । त्यस्तै, ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स ३.१० अंक घटेर ३८५.६२ को विन्दुमा झरेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २८५ कम्पनीको ८१ हजार १० पटकको कारोबारमा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार रुपैयाँ बराबरको ९० लाख ३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ। यस दिन बैंकको १३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएका कारण सेयर कारोबार बढेको हो।

त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ७३ लाख, शिवम् सिमेन्सको ९ करोड १२ लाख, एनआइसी एशिया बैंकको ८ करोड ७५ लाख र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ७ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष पाँच भित्र रहेको छ ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक ०.९९ प्रतिशत बढेको छ। यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्