Skip to content
Shikhar Insurance
National Life

घटेको बजारमा स्वरोजगार लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट, अन्य कुुनले कति कमाए ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक दोहोरो अंकले घटेपनि स्वरोजगार लघुवित्तको सेयर मूल्यमा सकारातमक सर्किट लागेको हो ।

यसदिन उक्त लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ६९ रुपैयाँ अर्थात १० प्रतिशतले बढेर ७५९ रुपैयाँ पुगेको छ । त्यसैगरी, नेपाल रिपब्लीक मिडियाको सेयर मूल्य ९.९७ प्रतिशत, पिपुल्स पावर कम्पनीको ३.९४ प्रतिशत, एनआईबीएल प्रगती फण्डको मुल्य ३.७ड प्रतिशत र सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्अथाको सेयर मूल्य २.७३ प्रतिशतले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २८.४० अ.कले घटेर २,०१९.८५ को विन्दुमा झरेको छ । त्यसैगरी, ठूला कम्पनकिो सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ४.८६ अंकले घटेर ३८५.५६ को विन्दुमा झरेको हो ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २६५ कम्पनीको ७४ हजार २५७ पटकको कारोबारमा १ अर्ब ७३ करोड ७० लाख रुपैयाँ बराबरको ४८ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको १७ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्टको ६ करोड ७८ लाख, एभरेष्ट बैंकको ४ करोड ४३ लाख, सीईडीबी हाइड्रोपावर कम्पनी ४ करोड १८ लाख र सोल्टी होटलको ४ करोड ९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.७० अंक घटेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्