Skip to content
Shikhar Insurance
National Life

ग्लोबल इक्विटी फन्ड र इन्भेष्ट फर इम्प्याक्टबीच समझदारी

Hyundai
NCELL
NIMB

काठमाडाैं। ग्लोबल इक्विटी फण्डले कोषमा प्रत्यक्ष लगानी जुटाउन इन्भेष्ट फर इम्प्याक्टसँग प्राविधिक सहयोग प्राप्त गर्न समझदारी गरेको छ। यो सहयोगसँगै ग्लोबल इक्विटी फण्डलाई लगानी पछिको पोर्टफोलियो अनुगमन र व्यवस्थापन प्रक्रिया अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास अपनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

भारतको सबैभन्दा ठूलो इम्प्याक्ट लगानी कोष प्रबन्धक आविस्कार क्यापिटलको परामर्श शाखा इन्टेलिक्याप कन्सल्टिङसँग ग्लोबल इक्विटी फण्डले काम गर्नेछ। ग्लोबल इक्विटी फण्डले प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्ने गरी विशिष्टिकृत कोष सञ्चालनको अनुमति पाएको छ।

सेयर बजारमा सूचीकृत भइनसकेका कम्पनीमा प्राइभेट इक्विटीको रुपमा वा प्रारम्भिक चरणमा रहेका कम्पनीमा भेञ्चर क्यापिटलको रुपमा लगानी गर्छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्