काठमाडौं । ग्लोबल आइएमई बैंक १९ वर्षमा प्रवेश गरेको छ । १८ औं वार्षिकोत्सवको अवसरमा बिहीवार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैले मेहनत गरे केही समयभित्रै सबै प्यारामिटरमा ग्लोवल आइएमई बैंक देशकै अब्बल बैंक बन्ने दाबी गरेका हुन् ।
कर्मचारीहरुले आफ्नोपनसहित काम गरेको खण्डमा धेरै फायदा लिन सकिने अध्यक्ष ढकालको भनाइ छ । नेपालमा रहेका कुनैपनि बैंकको डिपोजिट बराबरको रकम ग्लोवल आइएमई बैंकको सेभिङ डिपोजिट रहनु गौरवको विषय भएको बताए । अध्यक्ष ढकालले ग्लोवल आइएमई बैंक र बैंकअन्तर्गतका रेमिट्यान्स कम्पनीमार्फत करिव ५० प्रतिशत रेमिट्यान्स भित्र्याउनु पनि बैंकका लागि खुशीको कुरा भएको जानकारी दिए । नेपालमा गरेपछि सबै सम्भव हुनेकुरा आफ्नो जीवनीबाट लिन सकिने बताए ।
१८ औं वार्षिकोत्सवको अवसरमा बैंकले बैंकका कार्ड बाहक ग्राहकहरुलाईदराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना ल्याएको छ । छुट पौष २४ गते बुधवारसम्म रहनेछ ।
प्रतिक्रिया दिनुहोस्