Skip to content
Shikhar Insurance
National Life

ग्लोबल आइएमई बैंकले ५० लाख कित्ता ऋणपत्र जारी गर्ने, वार्षिक व्याजदर ११.२५ प्रतिशत

Hyundai
NCELL
NIMB

काठमाडौं। ग्लोबल आइएमई बैंकले ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो ।

बैंकले ग्लोबल आइएमई डिभेन्चर २०८४र८५ नामक ऋणपत्र जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा कार्तिक २० गते आवेदन दिएको छ।

बैंकले धितोपत्र बोर्डबाट निष्काशन गर्ने अनुमति पाएपछि ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र जारी गर्ने छ। यो ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

बैंकले जारी गर्न लागेको सो ऋणपत्र मध्ये २० लाख कित्ता ऋणपत्र सर्वसाधरणमा बिक्री गर्नेछ भने बाँकी ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्न लागेको हो ।

बैंकले निष्काशन गर्न लागेको उक्त ऋणपत्रको समयअवधि ५ वर्ष रहेको छ । भने, वार्षिक व्याजदर ११.२५ प्रतिशत रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्