Skip to content
Shikhar Insurance
National Life

गौतम अडानीः साइकलमा कपडा बेच्ने किशोर ‘सत्ता सामिप्य’ले यसरी पुगे संसारकै धनीहरुको सूचिमा

Hyundai
NCELL
NIMB

नरेन्द्र मोदी कुनै बेला रेलवे प्लेटफर्ममा चियाँ बेच्थे, गौतम अडानी कुनै बेला अहमदावादमा साइकलमा कपडा राखेर घर घर पुगेर बेच्न जान्थे । मोदी यतिबेला बिशाल भारतको प्रधानमन्त्री छन् र उनको नजिकका मानिने गौतम अडानी विश्वका धनीहरुको सूचिमा छन् । आलोचकहरु अडानीको सफलतालाई नरेन्द्र मोदीको सत्तासँगको सम्बन्ध हो भनेर अड्कल लगाउँछन् ।

गौतमक आलोचकहरुका अनुसार नरेन्द्र मोदीको सत्तारोहणसँगै अडानीको सफलताको रथ पनि अघि बढेको हो । मोदीको आडभरोसाकै कारण अडानीले निकै छोटो समयमा संसारका धनीहरुको सूचिमा आफुलाई उभ्याउन सफल भएका हुन् । अडानीको सफलता धेरैका लागि प्रेरणाको स्रोत हो तर त्यो विवादै विवादले घेरिएको छ ।

भारतीय मिडिया र विपक्षीहरुको एक समुहका अनुसार अडानीले आफ्नो व्यवसाय विस्तारका लागि सरकारसँगको सम्बन्धको दुरुपयोग गरेका छन् । अडानीले उद्योग खोल्न कानुनका छिद्रहरुको प्रयोग गरेका छन्, सार्वजनिक जमिन सस्तो भाउमा लिएका छन् र सर्वसाधारणको सम्पति पनि सेटिङमा कब्जा गरेका छन् । यद्यपी अडानीले भने यी सबै आरोपहरु अस्विकार गर्दै आएका छन् ।

तर सबैको प्रश्न यहि छ कि कलेजको पहिलो वर्षमै पढाई छाड्ने अडानीले यत्रा ठूलो सपना कसरी देखे ? र कसरी भारतको सबै भन्दा धनी अर्थात एक खर्ब डलर भन्दा बढी सम्पतिको मालिक बने ? त्यस बाहेक, पछिल्ला वर्षहरुमा अडानी समुहको सेयरको मूल्यले आकाश छोएको छ । सन २०१९ डिसेम्बर ३१ मा अडानी समुहको बजार मूल्य २ लाख करोड रुपैयाँ थियो । जो डिसेम्बर २०२२ मा आईपुग्दा बढेर २०.७४ लाख करोड पुग्यो । अर्थात सन २०१९ देखि २०२२ आईपुग्दा अडानीको सम्पति दश गुणाले वृद्धि भएको छ ।

जब गौतम अडानी १५–१६ वर्षका थिए, त्यतिबेला साइकलमा र अलिपछि स्कुटरमा कपडा बेच्न घर घर पुग्थे । गौतमका साथि गिरीशभाई दानीले का अनुसार अडानी घुमन्ते व्यापारी जसरी घर घर, पसल पसलमा कपडा पुर्याउन जान्थे ।
अडानीको भुईँबाट सुरु भएको यात्राको प्रमाण आज पनि अहमदावादको पुरानो शहरमा भेटिन्छ त्यहाँ उनका बुवाको ‘अडानी टेक्सटाईल्सको बोर्ड आज पनि यथावत छ । स्थानीयहरुका अनुसार अडानी परिवारले त्यो पसल अहिले पनि आफ्नै नाममा राखेका छन् ।

अडानी आफ्नो निरन्तर बढिरहेको व्यवसायीक साम्राज्यलाई अमदावादस्थित मुख्यालयबाट चलाईरहेका छन् । सेयर बजारमा अडानी समुहको सात कम्पनीको मूल्य २३५ अर्ब डलर(नोभेम्बर २०२२)मा छ । जुन कैयौं देशहरुको कुल गार्हस्थ उत्पादन(जीडीपी) भन्दा पनि बढी हो । सन १९७० र ८० को दशमा कुनै पनि भारतीय उद्योगपतिले विदेशका ठूला पूर्वाधारमा लगानी गरेका थिएनन् र त्यो असम्भव जस्तै थियो ।

अडानी भारतको पहिलो त्यस्ता उद्योगी हुन जसले देश भन्दा बाहिर अष्ट्रेलिया, श्रीलंका, इजरायल र इण्डोनेशियामा ठूला भौतिक संरचना बनाए । भारतको टाटा र केहि दुर सञ्चार कम्पनीहरु विदेशमा समेत भए पनि ठूला पूर्वाधारमा लगानी गर्ने पहिलो कम्पनी भने अडानी नै हो ।

अडानी समुहले अष्ट्रेलियामा एबट प्वाइन्ट पोर्ट टर्मिनल चलाईरहेको छ, जसले विगत ३५ वर्षदेखि क्वीन्सल्याण्डमा कोइलाको निर्यात गर्छ । अडानी माइनिङले अष्ट्रेलियाको विवादास्पद कार्माइकल कोइला खानी र एक रेल वे परियोजनाको स्वामित्व राख्छ । अडानी समुहसँग इजरायलको हाइफा शहर र कोलाम्बोमा एक एक वटा बन्दरगाह पनि छ । साथै, इण्डोनेशियामा कोइला खानी पनि ओगटेर बसेको छ ।

अडानी समुहले नविकरणीय उर्जामा अरबौं डलर खर्च गर्ने घोषणा गरेको ेछ । अडानी समुहले सन २०२१–२०२२ मा उसको राजश्व ७० हजार करोड रुपैयाँ थियो । भारतीय स्वतन्त्रतापछि अर्थतन्त्रको जग टाटा बिरलाले खडा गरेका थिए ।
र २१ औं शताब्दाीमा अडानी र अम्बानीले भारतको अर्थतन्त्रलाई नयाँ उचाईमा पुर्याए । अम्बानीको तुलनामा अडानी पहिलो पुस्ताका उद्योगी हुन, त्यसैले अडानीको सफलतालाई बिशेष मानिन्छ । तर गौतम अडानीका आलोचक भने उनको सफलता सत्ता सम्बन्धले मात्रै सम्भव भएको बताउँछन् ।

बीबीसी हिन्दीमा जुबेर अहमद र अर्जुन परमारले लेखेको स्टोरीको सारांश अनुवाद

GBIME

प्रतिक्रिया दिनुहोस्