Skip to content
Shikhar Insurance
National Life

गोल्छा ग्रुपकाे ‘ग्लोकल टिन हिरो नेपाल’ को १०औं संस्करणको लागि आवेदन खुल्ला

Hyundai
NCELL
NIMB

काठमाडौं । गोल्छा ग्रुपद्वारा प्रस्तुत ‘ग्लोकल टिन हिरो नेपाल-२०२४’ को दशौं संस्करणको लागि आवेदन खुलेको छ । गोल्छा ग्रुपले असार २ गते एक सूचनामार्फत आवेदन खुलेको जानकारी गराएको हो ।

ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै, उनीहरूको समाजमा गरेको प्रभावकारी कार्यलाई र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको गोल्छा ग्रुपले जनाएको छ । ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीहरूको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै, उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको छ ।

यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गर्ने गोल्छा ग्रुपले विश्वास लिएको छ । नेपालबाट सन् २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र पहिचान गरेर पछि सन् २०१६ सम्ममा यस कार्यक्रमले देशभरिका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो ।
हालसम्म नेपालका ९ जना किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ ।

दक्षिण एशियाका अन्य देशहरूमा यसको पहुँच विस्तार गर्ने दृष्टिकोणका साथ, ग्लोकल टीन हिरो भारतमा २०१९ मा, श्रीलंकामा २०२० मा, र बंगलादेशमा २०२२ मा सुरु गरिएको थियो। गोल्छा ग्रुपले भन्यो,’यस वर्ष, हामीले पूर्वदेखि पश्चिमसम्म ५०+ शहरहरू र १००० विद्यालय/कलेजहरूका १ लाखभन्दा बढी किशोर किशोरिहरुसम्म पुग्ने लक्ष्य राखेका छौं । पहिलो चरणमा कुल आवेदनहरुको पहल, प्रभाव र उपलब्धिका आधारमा ग्लोकल २०अन्डर२० को छनोट गरिनेछ । त्यसपछि उनीहरुको दृष्टिकोण, कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, मनोवृत्ति र दुरदर्सनको मापनको लागि अन्तर्वार्ता हुनेछ र ग्लोकल टीन हीरो नेपाल २०२४ को बिजेता घोषणा गरिनेछ ।’

हरेक वर्षझै यस वर्ष पनि ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२४ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिने र शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सञ्चालन गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ । अन्तिम स्क्रीनिंग र साक्षात्कारका लागि निर्णायक टोलीमा गोल्छा ग्रुपकी डाइरेक्टर श्रीमती सीमा गोल्छा, डब्लु डब्लु यफ का कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ, कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालिया, एसी इन्सिच्युट अफ म्यानेजमेन्टका डाइरेक्टरआशिष तिवारी तथा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जो रहने छन् ।

ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमा गोल्छा गु्रप सँग साझेदारी गरेको छस पार्ट्नरका रुपमा होन्डा, कोका कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, केएफसी पंचकन्या ग्रुप, डिशहोम गो, एसी इन्सिच्युट अफ म्यानेजमेन्ट, र रियल् जुसस प्रारम्भ साझेदारको रूपमा द् सोल्टी काठमाडौं आतिथ्य पार्टनरमा कोजी होमस एयरलाइन्स पार्टनरको रूपमा एति एयरलाइन्सस पी आर साझेदारमा प्रिज्मा एडभरटाईजिंगस आउटरिच पार्टनरको रूपमा नो नेक्स्ट क्वोशन समर्थकमा पिज्जा हट रहेको कम्पनीले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्