Skip to content
Shikhar Insurance
National Life

गृहमन्त्री श्रेष्ठले संसदबाटै राजीनामाकाे घोषणा गर्नुपर्छ : केपी ओली

Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सुन प्रकरणलाई लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को रोष्ट्रमबाट  राजीनामाको घोषणा गर्नुपर्ने बताएका छन् ।

आफ्नो राजीनामा दिनबाहेक अरु कुरामा बोल्न संसदको रोष्ट्रममा जानु अनौठो कुरा भएको गनको भनाइ छ ।

सुन तस्करी नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठ असफल भएको आरोपसमेत लगाएका ओलीले भने, “गृहमन्त्रीले त खासमा रोष्टममा उभिन जानु आफैं । राजीनामा गर्न बाहेक त्यहाँ जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ । सुन भनेर ल्यायो राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्रीको जवाफदेही होइन त्यो?”

केही दिनअघि गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणबारे सदनमा जवाफ दिएका थिए । त्यसको जवाफ ओलीले दिएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्