Skip to content
Shikhar Insurance
National Life

गृहमन्त्री लामिछानेबारे एमालेले मुख खोल्यो, ‘प्रमाणसहित उजुरी परेमा राजीनामा गर्नुपर्छ’

Hyundai
NCELL
NIMB

काठमाडौं । सत्तारुढ नेकपा(एमाले)ले प्रमाणसहित उजुरी परेमा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने बताएको छ । आइतबार बसेको एमाले सचिवालयको बैठकले प्रमाणसहित उजुरी परेमा गृहमन्त्री लामिछानेले नैतिकतामा आधारमा राजीनामा दिनुपर्ने निर्णय गरेको हो ।

एमाले उप महासचिव प्रदिप ज्ञवालीले बैठकका निर्णय सुनाउँदै भने–‘भोली कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भयो भने हाम्रो पोजिशन त्यहि नै हुनेछ, नैतिक रुपमा छानविनका लागि मार्ग प्रशस्त गर्नुपर्छ ।’

तर अहिले काँग्रेसले पूर्वाग्रहसति गृहमन्त्रीको राजीनामा मागेको आरोप पनि एमालले लगाएको छ । ‘तर अहिले त्यो बिषय उठ्दै नउठेको अवस्थामा नेपाली काँग्रेसले गरिहेको माग आफैंमा राजनीतिक पूर्वाग्रहले ग्रस्त छ । अहिले गृहमन्त्रीका बारेमा कतै उजुरी परेको छैन्, बयान दिनु भएको पनि छैन्, र कहिँ कतै ठोस प्रमाणसहित मुद्धा दायर भएको पनि छैन् ।

कुनै नियामक निकायले उहाँलाई बयानका लागि बोलाएको पनि छैन् ।’, एमाले उप महासचिव ज्ञवालीले भने । काँग्रेस आफैंले रवि लामिछानेलाई प्रधानमन्त्री अफर गरेको बताउँदै ज्ञवालीले भने–‘एकातिर उहाँहरु प्रधानमन्त्री(प्रचण्ड)ले सहकार्य तोड्ने फैसला गरेपछि लामिछानेजीलाई प्रधानमन्त्रीको अफर गर्दै जानु भयो ।

प्रधानमन्त्रीको निम्ति आफैंले प्रस्ताव गरेको मान्छे गृहमन्त्रीका निमिक्त अयोग्य हुन्छ भन्ने तर्क त राजनीतिक प्रतिशोधको तर्क बाहेक अरु केहि होइन् । यदि उहाँहरुले भने जस्तै उहाँ(रवि लामिछाने) प्रधानमन्त्री बन्न गएको भए काँग्रेसले यस्तो गर्थ्यो त ? पक्कै पनि काँग्रेसले त्यस्तो गर्दैनथ्यो ।’

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्