Skip to content
Shikhar Insurance
National Life

‘गृहमन्त्री रविकाे जबरजस्तीले संसद बन्धक बन्याे’ सांसद पाण्डे

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले ‘गृहमन्त्री रवि लामिछानेकाे जबरजस्तीले संसद बन्धक भएकाे बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पाण्डेले कुनैपनि प्रकरणमा प्रतिपक्षले छानविन समिति गठनको माग गरेपछि समिति बनाउने यसअघिको नजिर भएको भन्दै यस सहकारी प्रकरणमा पनि छानविन समिति बन्नुपर्ने संकेत बताएका हुन् ।

उनले संसदमा प्रतिपक्षले उठाएका कुराहरु सुनिनुपर्ने बताए । उनले सत्तापक्षले जबरजस्त रुपमा संसद चलाउनु नहुने बताए । सांसद पाण्डेले संसदीय समिति बनेमा आरोप लागेको मन्त्रीले आफू चोखिने अवसर पाउने बताए । उनले जबरजस्ती पदमा बस्न खोज्नुले बद्मासी छ भनेर शंका गर्ने ठाउँ रहेको बताए ।

सांसद पाण्डेले सहकारी प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टीमा आतंक सिर्जना भएको बताए ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्