Skip to content
Shikhar Insurance
National Life

गुहेश्वरी फाइनान्सको लाभांश संशोधन, नगद र बोनस कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले लाभांश संशोधन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको हो ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस र सोको कर प्रयोजनार्थ ०.३७ प्रतशित नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । उक्त लाभांश दरलाई कम्पनीको पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले संशोधन गरेर ६.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

नेपाल राष्ट्र बैंकबाट नियमनकारी कोषमा समायोजन गरी वित्तीय प्रतिवेदन पुनः पेश गर्न निर्देशन दिएपछि फाइनान्सले लाभांश संशोधन गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनहिरुलाई वितरण गर्न योग्य हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्