Skip to content
Shikhar Insurance
National Life

गुरुङको जग्गामा सर्वोच्चको अंकुश, अब के-गर्लान् प्रम ओली ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा लिएको जग्गामा पार्टी कार्यालय भवन निर्माण तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले रिट निवेदक ज्ञान बस्नेत समेत र विपक्षी नेकपा एमाले, व्यवसायी मीनबहादुर गुरुङलाई छलफलमा बोलाएको हो।

दशैको घटस्थापनाको दिन किर्तिपुरमा १० रोपनी भन्दा बढि जग्गामा निर्माण सुरु भएको पार्टी कार्यालय तत्काल रोक्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले आदेशको लिखित रुप प्राप्त भइनसकेको बताए ।

सर्वोच्च अदालतले जग्गा दाता मीनबहादुर गुरुङ र लिने एमालेलाई त्यसको कारण देखाउन समेत माग गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्