Skip to content
Shikhar Insurance
National Life

गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, बिहिबार कतिमा खुल्छ कारोबार ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले इन्स्योरेन्सको १३.२७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेको हो।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

समायोजनपश्चात इन्स्योरेन्सको सेयर मूल्य ३६९ रुपैयाँ ४७ पैसा कायम भएको छ।

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्यको आधारमा इन्स्यारेन्सको सेयर मूल्य समायोजन गरेको हो । बुधबार, दोस्रो बजारमा इन्स्योरेन्सको सेयर प्रतिकित्ता ४१८ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।

GBIME

प्रतिक्रिया दिनुहोस्