Skip to content
Shikhar Insurance
National Life

गुराँस लाइफले गर्‍याे आ.व. २०७८/०७९काे सम्पुर्ण दावी फछ्र्यौट, एकै दिनमा २६ लाख भुक्तानी

Hyundai
NCELL
NIMB

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स क.लि.ले एकै दिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री विपिन कुमार लालले रौतहट,देवाही गोनाही नगरपालिका वडा नं.०१ बस्ने, श्री शेष अनसारुल हक को मृत्यु दावी वापतको रकम उनको इच्छाइएको व्यक्ति निजको श्रीमती समसा खातुन लाई मृत्यु दावी वापतको रु. १३,००,००० (अक्षेरुपी रुपैयाँ तेह्र लाख मात्र) चेक हस्तान्तरण गरेका छन् ।

साथै तेह्रथुम जिल्ला, फेदाप गाउँपालिका वडा नं. ०२ बस्ने, वर्ष ३५ को श्री हेमराज लिम्बुको मृत्यु दावी वापतको रकम उनको हकवाला श्रीमती कौशिला लिम्बु लाई मृत्यु दावी वापत जम्मा रकम रु.१३,००,००० (अक्षेरुपी रुपैयाा तेह्र लाख मात्र) को चेक हस्तान्तरण गरेका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री विपिन कुमार लालले बीमा समितिले आ.व. २०७८/०७९ लाई बीमा दावी भुक्तानी बर्ष घोषित गरेको र सोही अनुरुप कम्पनीले आ.व. २०७८/०७९ मा दर्ता भएका सम्पुर्ण मृत्यु दावी फछ्र्यौट गरि सो आ.व मा मृत्यु दावी भुक्तानी गर्न बाँकी नरहेको जानकारी गराए ।

साथै यस आ.व. मा पनि सोही अभियानलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्