Skip to content
Shikhar Insurance
National Life

गुराँसका अभिकर्तालाई सम्पत्ति शुद्धिकरण तथा आर्थिकस्तर उकास्ने उत्प्रेरणासम्बन्धि तालीम

Hyundai
NCELL
NIMB

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि राष्ट्रिय स्तरको सम्पत्ति शुद्धिकरण सम्बन्धि तालिम आयोजना गरेको छ । कम्पनीले बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सँग सम्बन्धित जानकारी अभिकर्तालई गराएको हो ।

कार्यक्रममा देशभरका करिब ४०० उत्कृष्ट अभिकर्ताहरुको सहभागिता थियो ।

सो अवसरमा अभिकर्ताले सम्पत्ति शुद्धिकरण सम्बन्धि तालिम तथा बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सँग सम्बन्धित जानकारी कार्यक्रममा प्राप्त गरेका ज्ञान, अनुभवलाई पेशामा उपयोग गरी कम्पनीको व्यवसायलाई कानुनी तथा नितिगत व्यवस्थाहरुको अधिनमा रही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यैगरी कम्पनीले राष्ट्रिय स्तरको अभिकर्ता उत्प्रेरणा, एमडीआरटी तथा टीओटीलाई सम्मान गरेको छ ।

कम्पनीले अभिकर्ताहरुको आर्थिक स्तर कसरी उकास्न सकिन्छ र कम्पनीको व्यवसाय लाई कसरी सवल बनाई बीमा क्षेत्रमा योग्दान गर्न सकिन्छ भन्ने प्रशिक्षण पनि दिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले अभिकर्ताहरु बीमा क्षेत्रको मेरुदण्ड भएकाले देशको अर्थतन्त्र माथि उकास्न अभिकर्ताहरुले आफ्नो पेशालाई अझ परिस्कृत, वस्तु निष्ठ तथा व्यवसायिक बनाउन सल्लाह सुझाव तथा हौसला प्रदान गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्